आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब रियलमी ८ का साथ रियलमी बड्स एयर २ र २ नियो पनि नेपाली बजारमा

शुक्रबार, ११ असार २०७८, २१ : ३७
शुक्रबार, ११ असार २०७८

काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी बड्स एयर २’ र ‘रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्ध गराएको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ । 

यी बड्सहरु विश्वको टप १०० डिजे, सांगीतिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डायमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको कम्पनीले जनाउको छ ।

यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने तथा कम फ्रिक्वेन्सीका आवज/हो–हल्लालाई प्रभावकारी रुपमा कम गर्न मद्दत गर्दछ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइनमा पनि सुधार गरिएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप