सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलसहित दुईजना पक्राउ

आइतबार, १३ असार २०७८, १६ : ४२
आइतबार, १३ असार २०७८

यहाँबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पुर्याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि दमक–७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

बालकको डुबेर मृत्यु

झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा दुई वर्षीय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए । बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा उपचारका लागि ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक कार्की जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप