सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डोल्पामा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

आइतबार, १३ असार २०७८, १६ : ४८
आइतबार, १३ असार २०७८

यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँ बस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युतको नहर कुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।

मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ । त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ ।

सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतका सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप