सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनले लेखक, बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने

आइतबार, १३ असार २०७८, १७ : ४०
आइतबार, १३ असार २०७८

विपक्षी गठबन्धनका शीर्ष नेताले लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । यसअघि विभिन्न मिडियाका सम्पादक तथा राजनीतिक विट हेर्ने सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका गठबन्धनका शीर्ष नेताले सोमबार लेखक, नागरिक समाज र बुद्धिजीवीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका हुन् ।

उनीहरुसँगको अन्तक्रिया सोमबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी तथा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा बहस जारी छ । साथै विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रका बचाउन ओली प्रवृत्तिविरुद्ध राजनीतिक संघर्षलाई पनि जारी राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप