बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, ०६ कात्तिक २०७४, ०८ : २५
सोमबार, ०६ कात्तिक २०७४

आजको राशिफल

वि.स.२०७४ साल कात्तिक ६ गते। सोमबार। इश्वी सन् २०१७ अक्टोबर २३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– चतुर्थी, २९:०५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– अनुराधा, १४:२२ बजेउप्रान्त ज्येष्ठा। योग– सौभाग्य, १६:३३ बजेउप्रान्त शोभन। करण– वणिज, १६:०६ बजेदेखि भद्रा, २९:०५ बजेउप्रान्त वव। आनन्दादिमा मानस योग।

चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ११ पला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अग्र स्थानमा तपाईको नाम आउँनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईलाई पछि छाड्नेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । व्यापार व्यावसायमा लगानि गरिहाल्ने बाताबरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चेटिने अधिक सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले कुनै काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा तपाईको कुरा काट्नेहरु सक्रिय हुँनेछन् । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्याबहार गर्नुहोला मनमुटाव बढ्ने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउँनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुँने हुँनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुँनाले मन प्रफुल्ति हुँनेछ ।

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँन ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुँनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गर्न केहि समय कुर्नुनै पर्नेछ ।  मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा बिलम्ब शुल्क तिर्नुपर्ने हुँन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुँनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा बिचार गर्नुहोला कष्टकर पनि हुँन सक्छ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप