बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : जमाना

मङ्गलबार, १५ असार २०७८, १३ : १९
मङ्गलबार, १५ असार २०७८

 

 

अलका मल्ल

सर, मलाई एउटा मोबाइल किनिदिनोस् न !  टेबलमा राखिएको मोबाइलमा आएको म्यासेज देखाउँदै लौ हेर ! चिन्नु न जान्नु, हिजो भर्खरै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाकी केटीले आज मोबाइल किन्दिनोस् भन्छे बा ! के जमाना आएको होला भन्दै अचम्मित हुँदै किरणले मोहनलाई  म्यासेज देखाउन थाले । मोहनले पनि होमा हो थप्दै भने, ‘मलाई पनि यस्तै खाले म्यासेज एउटीले पठाकी थिई । मोरी च्वाँक थिई भनेर यसो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेको एक दिन बित्न नपाउँदै ५०० को रिचार्ज पठाइदेऊ न कान्छा पो भन्छे भन्या, लाजै पचाएर ।

कस्ता कस्ता उत्ताउलीहरु हुन् पैसा, मोबाइल माग्ने । फोटा पनि दिनैपिच्छे फेर्दै राख्दा रैछन् । 

  यो विकसित औ भर्चुअल जमानाले मानिसमा धरै परिवर्तन ल्याइसकेको छ । मानिस  मिहिनेतबिना सामाजिक सञ्जालबाट खुसी र मोजमस्ती खोज्न थालेका छन् । यस्ता कार्यमा महिला तथा पुरुष दुवै प्रशस्तै सहभागी  भएको पाइन्छ ।

बबिना र अरुण पनि सामाजिक सञ्जालको माध्यमबाटै प्रेमिल जोडी बन्न पुगेका रहेछन् ।

अरुणले बबिनासँग आफू आपतमा परेको समस्या देखाउँदै समय समयमा ई–सेवामार्फत रकम असुली गर्दै आएको रहेछ । समय सँगसँगै उनीहरुको प्रेम गाढिँदै विवाह गर्नेसम्मको निधोमा पुगिसकेका रहेछन् ।

एक दिन सामाजिक सञ्जालमा अरुणको फोटोसहित नक्कली आईडी प्रयोग गरेर धेरैलाई झुक्याउने, ठगी गर्ने व्यक्ति सक्दो चाँडो पत्ता लगाई पाऊँ भनी  केही व्यक्तिले उजुरी गरेको समाचार छापिएको बबिनाले पढ्न भ्याइन् । आफ्नो प्रेमीको यस्तो शङ्कास्पद समाचारले उनी पुरपुरोमा हात राख्दै  सामाजिक सञ्जाललाई कोस्दै निस्तब्ध भइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप