बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

मङ्गलबार, १५ असार २०७८, १३ : ३०
मङ्गलबार, १५ असार २०७८

नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । 
उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । 

क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो । यसअघि नै सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा शर्मा थिइन् । उनले आफूले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सहितको पत्र पाएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप