बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फिजियो थेरापीका लागि नर्भिकले शुरु गर्यो होम सर्भिस

मङ्गलबार, १५ असार २०७८, १६ : २६
मङ्गलबार, १५ असार २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस शुरु गरेको छ । 

पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचार विधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो । 

तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सिमित गरिएको अस्पतालले जनाएको छ । कोहीकसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिस्टलाई बोलाउन सकिने अस्पतालले जनाएको छ । 

फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भीर्यता हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियो थेरापिस्टलाई अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्ने अस्पतालले जनाएको छ । 

कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नसक्ने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए । 

नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप