सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ

मङ्गलबार, १५ असार २०७८, १७ : ११
मङ्गलबार, १५ असार २०७८

पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ । 

विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप