सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवकको मृत्यु

मङ्गलबार, १५ असार २०७८, १८ : ५८
मङ्गलबार, १५ असार २०७८

पोखरामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पोखरा–१७ काउछेघारी स्थित फुस्रे खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर यमबहादुर गुरुङको मृत्यु भएको हो ।

स्याङ्जा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २६ वर्षीय गुरुङको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई खोलाले बगाएर अन्दाजी ५ सय मिटर तल पुर्याएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप