कर्णालीमा थप १०५ जनाले जिते कोरोना
मङ्गलबार, १५ असार २०७८, १९ : २१
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर ओरालो लागेको हो । मंगलबार कर्णालीमा थप १०५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेको छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार १०७ मा झरेको छ ।
यस्तै मंगलबार थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६० जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणमा २२ र २०२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ४९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आज १ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या ३२७ जना पुगेको छ।