सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा चितुवाको छालासहित २ जना पक्राउ

बुधबार, १६ असार २०७८, १९ : १२
बुधबार, १६ असार २०७८

बाँके प्रहरीले  चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ ।  मंगलबार साँझ राप्ती सोनारी गाउँपालिका–१ कुसुम बजारस्थित रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङ घोराही उप–महानगरपालिका–९ निवासी  ३२ वर्षीय सन्तोष कुँवर र  दैलेख भैरवी गाउँपालिका ३ बस्ने वर्ष १९ को  जितेन्द्र शाही रहेका छन् ।

प्रहरीले उनीहरुबाट बरामद स्कुटीको डिक्कीबाट सेतो खैरो रंगको  (चरीबाघ) चितुवाको जस्तो देखिने छाला १  थान  (३ फिट ३ ईन्च लामो ) बरामद गरेको छ । उनीहरुविरुद्ध बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१)  बमोजिम मुद्धा दर्ता गरिएको जनाइएको  छ । सो ऐन बमोजिम  ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप