आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भोलि राष्ट्रियसभाको बैठक: प्रधानमन्त्रीसहित ४ मन्त्रीले १३ अध्यादेश प्रस्तुत गर्ने यस्तो छ कार्यसूची

बुधबार, १६ असार २०७८, १९ : २१
बुधबार, १६ असार २०७८

भोलि दिउसो ४ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । बैठकको पूर्व सन्ध्यामा संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन आह्‍वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । यस्तै सरकारले जारी गरेका संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, सपथ सम्बन्धी अध्यादेश, २०७८ प्रधानमन्त्री ओलीले सभामा प्रस्तुत गर्नेछन् । 

यस्तै गृहमन्त्री बिष्णु पौडेलले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 
यस्तै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, पेश गर्नेछन् । 
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश हुनेछन् । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभा अध्यक्षले  पूर्व राष्ट्रियसभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, पूर्व प्रतिनिधिसभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियारको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

यस्तै संविधानसभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।  अघिल्लो वर्ष पुस २६ गते हिउँदे अधिवेशन समाप्तिको ६ महिनापछि राष्ट्रियसभाको वर्षे अधिवेशन सुरु हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप