मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको नतिजाका आधारमा धादिङमा यस्तो हुनेछ ‘टक्कर’

सोमबार, ०६ कात्तिक २०७४, १२ : ५०
सोमबार, ०६ कात्तिक २०७४

काठमाडौं– धादिङमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं–१ अन्र्तगत धुनीबेसी नगरपालिका, थाक्रे गाँउपालिका, गल्छी गाँउपालिका, गजुरी गाँउपालिका, बेनीघाट रोराङ्ग गाँउपालिका र सिद्धलेक गाँउपालिका रहेका छन् । 

आगामी प्रतिनिधी सभा निर्वाचनका लागि धादिङ–१ बाट माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् । 

गत स्थानीय तहको निर्वाचनमा धादिङ १ का ६ स्थानीय तह मध्ये ५ स्थानीय तहमा नेकपा एमाले र १ स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको थियो । क्षेत्र नं –१ मा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले २६ हजार २ सय ३१, नेकपा एमालेले ३६ हजार १ सय ४७, माओवादी केन्द्रले २३ हजार ७ सय २१, नयाँ शक्तिले ४ सय ७३ र राप्रपाले १ हजार ४ सय १४ मत ल्याएका थिए । 

यो क्षेत्रमा बाम दलको कूल ५९ हजार ८ सय ६८ मत पाएको  थियो, जुन कांग्रेसले पाएको मत भन्दा ३३ हजार ६ सय ३७ मत बढी हो । यसकारण पनि यो क्षेत्रमा बाम गठबन्धनलाई टक्कर दिन काँग्रेसलाई धेरै मिहिनेतको खाँचो हुन सक्छ । 

धादिङ क्षेत्र नं–२
धादिङ क्षेत्र नं–२ मा रुवीभ्याली, गंगाजमुना, नेत्रावती, खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका गरी ७ स्थानीय तह रहेका छन् । 
७ स्थानीय तह मध्ये नेपाली कांग्रेस ३, एमाले ३ स्थानीय तहमा र राप्रपा १ तहमा विजयी भएका थिए । 
यो क्षेत्रमा प्रमुख ५ राजनीतिक दल अन्र्तगत नेपाली कांग्रेसले ३० हजार २ सय, नेकपा एमालेले २३ हजार ८ सय २६, माओवादी केन्द्रले २२ हजार २ सय २८, नयाँ शक्तिले १ हजार १२ र राप्रपाले ३ हजार ३ सय ६९ मत ल्याएको थियो । 

यहाँ बामगठबन्धनले ४६ हजार ५४ मत पाएको थियो । यो मत नेपाली कांग्रेसले पाएको मत भन्दा १५ हजार ८ सय ५४ बढी हो । 

यदि धादिङ–२ मा नयाँ शक्ति र राप्रपाले नेपाली कांग्रेसलाई सघाए भने ४ हजार भोट कांग्रेसको बढ्नेछ । कांग्रेसले गठबन्धन बनाएपनि उ झन्डै ११ हजार भोटले पछाडि छ । 

आगामी निर्वाचनका लागि धादिङका दुई क्षेत्रमा गरेर २ लाख ३३ हजार ४ सय ७५ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप