आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धान रोप्दारोप्दै युवकको मृत्यु

बुधबार, १६ असार २०७८, २२ : ४५
बुधबार, १६ असार २०७८

रौतहटमा धान रोप्दारोप्दै एक युवकको मृत्यु भएको छ। गौर नगरपालिका–४  टीकुलिया बस्ने धोरा चन्द्रबंशीका २५ वर्षीय छोरा प्रमोद चन्द्रवंशीको धान रोप्दा रोप्दै  मृत्यु भएको हो । बुधबार चन्द्रवंशी टिकुलिया गाउँभन्दा पश्चिमतर्फ रहेको लालबकैया नदी पारी धान रोपाई गर्न गएका थिए । 

धान रोप्ने क्रममा उनको लडेर मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन् । मृतक चन्द्रवंशीको शव  पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप