सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा  ४४ वर्षपछि २ जना फरार अभियुक्त पक्राउ

बुधबार, १६ असार २०७८, २२ : ५८
बुधबार, १६ असार २०७८

रुपन्देही प्रहरीले ४४ वर्षअघि भएको हत्या काण्डका दुई अभियुक्तलाई बुधबार पक्राउ गरेको छ  । पक्राउ पर्नेमा  साविक बलरामपुर गाविस–७ (हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का)  ७० वर्षीय   चिनगुद चाई र सोही वडाका  ७० वर्षीय कप्तान चाई रहेका छन् ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार उनीहरुले २०३४ साल असोज २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको  हत्या  गरेका थिए । हत्या आरोपी  दुबै जनालाई अदालतले २०४० साल वैशाख ८ गते जन्मकैदको फैसला सुनाएको थियो।

 त्यसयता दुवैजना फरार थिए। रुपन्देही प्रहरीले चलाएको ‘अप्रेशन  फप’ अभियान अन्तर्गत  उनीहरुलाई पक्राउ गरिएको डिएसपी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप