बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु

बिहीबार, १७ असार २०७८, १४ : २८
बिहीबार, १७ असार २०७८

सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले सातौँ भर्चुअल स्वास्थ्य तथा जनसङ्ख्या सम्मेलन उद्घाटन गरेका हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को आयोजनामा भर्चुअल माध्यमबाट भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । 

सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ ।  सम्मेलनमा १९ वटा पोस्टर प्रस्तुति हुनेछन् भने २४ वटा आमन्त्रित प्रस्तुति रहने छ । सम्मेलनको पहिलो दिन आज कोभिड—१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञ र प्रस्तुतिकर्ता प्रस्तुति दिइरहेका छन् । 

सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसङ्ख्याका विभिन्न ६ वटा विधाहरूमा प्रस्तुति रहनेछ ।  पहिला मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, दोस्रोमा कार्यान्वयात्मक अनुसन्धान, तेस्रोमा सङ्क्रामक रोगहरू, चौथो पोषण, पाँचौँ मानसिक स्वास्थ्य र दुर्व्यसन, छैटौँ वातावरणीय स्वास्थ्य, औषधीजन्य र बायोमेडिकल अनुसन्धानलगायतका गहन विषयहरू प्रस्तुति तथा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप