आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल

बिहीबार, १७ असार २०७८, १७ : १२
बिहीबार, १७ असार २०७८

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।

जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार बजेट ल्याएका कारण जनअपेक्षा अनुसारको बजेट आउन नसकेको उनले बताए ।

विपद् कोषमा प्रयाप्त बजेट नहुँदा हाल देखिएको संकटमा सरकार निरीह बनेको भन्दै उनले सरकारको बजेट विपद् व्यवस्थापनतर्फ हुनुपर्ने उनको भनाई छ । खर्च गर्न नसक्ने योजनाहरुमा बढी बजेट विनियोजन र टुक्रे योजनाहरुमा सरकार केन्द्रीत रहेकाले हरेक वर्ष बजेट खर्च निराशाजनक हुने गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप