सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा पाटेबाघको छालासहित दुईजना पक्राउ

बिहीबार, १७ असार २०७८, १७ : २१
बिहीबार, १७ असार २०७८

बाँके प्रहरीले दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको मललेख गाउँपालिका–३ दर्पाका २४ वर्षीय डम्बर बुढा र सोही जिल्ला रामरोसन गाउँपालिका ५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् । 

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले वैजनाथ गाउँपालिका–४ तिलकपुरको भित्रि सडकबाट उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता  डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप