मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बिहीबार, १७ असार २०७८, १९ : ५६
वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गतको परवानीपुर भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका देवानी गोनाही नगरपालिका ३ निवासी रघुनाथ यादवका कान्छा छोरा २५ वर्षीय तीर्थराज यादवको मृत्यु भएको हो ।
मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।