अमेरिकामा तातो हावाका कारण ६० भन्दा बढी मानिसको मृत्यु
अमेरिकामा प्रचण्ड गर्मीको कारण सिर्जना भएको तातो हावाको कारण ६० जना भन्दा ज्यादा मानिसहरूको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अझ पनि यस क्षेत्रमा लामो समय सम्म प्रचण्ड गर्मीको सामना गर्नु पर्ने छ ।
अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गैसकेको राज्य चिकित्सा (शव) परीक्षण अधिकारीले जनाएका छन् । त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टी चिकित्सा परीक्षकले भने।
मृतकहरू मध्ये धेरै वातानुकूलित वातानुकूलन (एयर कन्डिसन ) अथवा पङ्खा नरहेको कारण मृत अवस्थामा फेला परेको शव जाँच गर्ने अधिकारीले एक वक्तव्यमा जनाएका छन् ।
ओरेगमा सन् २०१७ देखि २०१९ बीचमा हाइपरथरमिया (शरीरमा अत्यधिक उच्च तापक्रम हुनु ) बाट १२ जनाको मृत्यु भएको थियो ।
ओरेगोनमा पनि तापक्रम अत्यधिक वृद्धि सँगै अस्पताल आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गत सोमबार मात्र २५० जना गर्मीको कारण अस्पताल आएका थिए । यसै गरी क्यानडाकोनजिकैको स्नोहोमिश काउन्टीमा ५१ देखि ७७ वर्षका तीन व्यक्तिहरू अत्यधिक गर्मीको कारण मृत्यु भएको छ ।
गत मङ्गलवार स्पोक्यान वाशिंगटनमा दुई जना तातो हावाको कारण आफ्नै आवास गृहमा फेला परेका थिए।
व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रशासनले शनिबार ओरेगनमा यसको अनुसन्धान गरिरहेको छ । जहाँ एक कृषि केन्द्रका मजदुर अचेत अवस्थामा फेला परेका थिए भने पछि उनको मृत्यु भयो।