सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्छ : ओली

शुक्रबार, १८ असार २०७८, १० : ००
शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताए ।

शुक्रबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी  एकताका सवालमा समस्या देखिएको बताउँदै भने– ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।’

उनले केही जरुरी र महत्वका विषयलाई न्याय गर्ने समेत बताए । ओलीले अदालतलाई दबाब दिने र पार्टी एकतालाई कमजोर पार्ने प्रयासहरु भैरहेको बताउँदै भने– ‘आफ्नो सरकार ढाल्ने, दलीय अनुशासन उलंघन गर्ने र अराजकता सृजना गर्ने काम भैरहेका छन् ।’ उनले राष्ट्रपतिमाथि समेत हरेक ठाउँमा औँला उठाउने र निकृष्ट तबरमा उर्लिने काम भैरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप