सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव पक्षले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिनुपर्ने !

शुक्रबार, १८ असार २०७८, १० : ००
शुक्रबार, १८ असार २०७८


नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनेर बुझाएको हस्ताक्षर दुई दिनभित्र फिर्ता गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पेस गरेका छन् । महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक बालुवाटारमा बसिरहेको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । 

​बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् ।  त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

 

ठक बस्न अघि अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका छन् । स्रोतका अनुसार बैठकअघि माधव पक्षका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए । तीन जनाले अध्यक्ष ओलीलाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप