आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका वकिलको गुनासो : निवेदक पक्षले राष्ट्रपतिको निजी जीवनलाई संकेत गरेर बहस गरे !

शुक्रबार, १८ असार २०७८, १८ : ३६
शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओली तर्फका एकजना अधिवक्ताले निवेदक तर्फका वकिलले राष्ट्रपतिको व्यक्तिगत जीवनलाई संकेत गरेको भन्दै इजलासमा गुनासो गरेकी छिन् । 

शुक्रवार संवैधानिक इजलासमा बहस गरेकी अधिवक्ता शान्तिदेवी खनालले त्यस्तो गुनासो गरेकी हुन् । ‘राष्ट्रपतिको निजी जीवनलाई संकेत गरेर बहस गरिएको छ, त्यसले हामीलाई नराम्रोसँग छोएको छ’ खनालले गुनासो गरिन्– ‘उहाँहरु (निवेदक पक्षका वकिल) लाई त रमाइलो लाग्यो होला ।’ 

ट्रयाक बाहिर गएको बहसलाई अदालतले रोकेर ट्रयाकमा ल्याउनुपर्ने खनालको आग्रह थियो । विषयभन्दा बाहिरको बहसलाई रोक्नुपर्ने खनालको जिकिरपछि प्रधान न्यायाधीशले उनलाई सोधे– ‘कसलाई रोक्ने, तपाई पनि बाहिर जानु भो (हाँस्दै) । 

राष्ट्रपति संविधानको संरक्षक भएको हुनाले उनले धारा ७६ (५) अनुसार स्वविवेक प्रयोग गरेर प्रधानमन्त्रीमा परेको दावी अस्वीकार गरेको उनले जिकिर गरिन् । धारा ७६ (५) ले खोजेको ‘आधार’ भनेको राष्ट्रपतिको ‘स्वविवेक’ भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप