सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा जीप दुर्घटना, १ जनाको मृत्यु

शुक्रबार, १८ असार २०७८, १८ : ४६
शुक्रबार, १८ असार २०७८

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा  स्कोरपियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा ८ चप्परगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार स्कोरपियोमा चारजना सवार रहेका थिए । दुर्घटनामा परेका अरुको स्वास्थ्य स्थिति सामान्य रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले  जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप