सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भरतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दियो, एक महिलाको मृत्यु

आइतबार, २० असार २०७८, २२ : ५२
आइतबार, २० असार २०७८

भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेल रहेकी छिन् । घाइतेमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ निवासी ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटका ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना दिउँसो २ः ५५ बजे भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप