टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त
मङ्गलबार, २२ असार २०७८, ११ : ५१
त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् ।
दुई वर्षको कार्यकालका लागि डा. दासलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा.डा दिव्यासिंह शाहले उपनिर्देशकमा नियुक्त गरेकी हुन् ।
डा. दासलाई अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए ।
अस्पतालमा उपनिर्देशकको दुई पदमध्ये एक पदमा प्रा.डा सुवास आर्चाय छन् भने अर्का निर्देशकमा डा.दासलाई नियुक्ती गरिएको हो ।
फोक्सो रोग विषेशज्ञ डा. दास शिक्षण अस्पतालको कोभिड युनिटको संयोजक समेत हुन् ।