सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाँचवर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

बुधबार, २३ असार २०७८, १६ : ४८
बुधबार, २३ असार २०७८

पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घोराही उप–महानगरपालिका वडा नम्बर–१५ झिगौरा घर भएका ४१ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरेको हो ।

०७५ माघ २९ मा जिल्ला अदालत दाङले उनलाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो । चौधरीलाई तनपुरस्थित झिगौराबाट पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप