सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध चाँदीका गहनासहित २ जना पक्राउ

बुधबार, २३ असार २०७८, १७ : ०२
बुधबार, २३ असार २०७८

सिरहा प्रहरीले नौ लाखभन्दा बढी मूल्यको अवैध चाँदीको गहना सहित २ जनालाई नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकी भगवानपुर १ बाट खटिएको प्रहरी टोलीले ९ लाख १६ हजार ३ सय मूल्य बराबरको चाँदीका गहनासहित झापा दमक नगरपालिका ३ का २८ वर्षीय मनप्रसाद गदाईली र गोलबजार नपा ३ का २७ वर्षीय श्याम विकलाई नियन्त्रणमा लिएको हो ।

प्र.२–००४४ प १३२१ नम्वरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट चेकजाँचका क्रममा सो मूल्य बराबरका चाँदीका विभिन्न गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद गहना आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप