सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा पेस्तोलसहित एक युवक पक्राउ

बुधबार, २३ असार २०७८, २० : ०२
बुधबार, २३ असार २०७८

बाँकेमा प्रहरीले अटोमेटिक पेस्तोलसहित बुधबार दिउँसो एक युवकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ घर भई वडा नम्वर २१ को  पुरैनामा बस्ने ३१ वर्षीय अजिज अहमद शेष रहेका छन् । उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद गरिएको प्रहरी जानकारी दिएको छ ।

निलो रंगको जेन्स एटलस साईकल चढेर पुरैनाबाट राँझतर्फ जाँदै गरेको अवस्थामा  प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप