सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेरियट होटलमा ओली र नेपाललाई कार्यदल सदस्यको ब्रिफिङ

बुधबार, २३ असार २०७८, २० : ०५
बुधबार, २३ असार २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै होटल मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका छन् । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरिरहेका छन् । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।

कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ ।  कार्यदलमा संसद विघटन र हस्ताक्षरबारे मौन बस्ने कि शब्द राख्ने भन्नेमा सहमति जुट्न सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप