सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५५ दिनपछि ओली र नेपालबीच भेट

बुधबार, २३ असार २०७८, २० : १९
बुधबार, २३ असार २०७८

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । यसअघि ओली र नेता नेपालबीच बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा भेटवार्ता भएको थियो । त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन नसकेका केला पार्टीकै दोस्रो तहका नेताहरुको पहलमा असार २३ गते दुई नेताको भेट भएको हो ।

एमाले विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओलीले गत जेठ सात गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विवादले एमाले विभाजनको दिशामा लगेको थियो ।  माधव नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ ।

उता, सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष ओलीविरुद्ध लागिरहेका बेला ओली नेपाललाई भेट्न तयार भएका हुन् । सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर फैसला आउने चरणमा छ । सर्वोच्चले आगामी असार २८ गते फैसला सुनाउने तयारी गरिरहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप