आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक असार २६ गतेका लागि आह्वान

बुधबार, २३ असार २०७८, २२ : ४१
बुधबार, २३ असार २०७८

बागमती प्रदेशसभाको बैठक असार २६ गतेका लागि आह्वान गरिएको छ । अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक असार २६ गते शनिबारको लागि पुनः आह्वान गरिएको हो । 

प्रदेशसभा सचिवालयले असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको छ ।  सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ बजेटको विनियोजन विधेयकमाथि छलफलका क्रममा विभिन्न माग राख्दै विपक्षी दलहरुले गत असार १९ गते शनिबारको प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले असार २१ गते सोमबार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि प्रदेश सरकारको बजेटमाथिको छलफल अन्यौल बनेको छ ।

प्रदेश सरकारको बजेट पास गराउने विषयलाई लिएर बैठकमा सत्तापक्षबाट नै आनाकानी भैरहेको छ भने प्रतिपक्षहरूले विरोध गरिरहेका छन् । विरोधका कारण प्रदेशसभाको बैठक गत शनिबारबाट अवरुद्ध हुँदै आएको हो । बैठक विगत तीन दिनदेखि लगातार अवरुद्ध भइरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेमकिपाको अवरोध कायम छ । 

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता, विपद व्यवस्थापनको बजेट संघीयता विपरित जिल्ला प्रशासन कार्यालयमा पठाउन नहुने, बजेट सिधै स्थानीय तहमा पठाउनुपर्ने, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँडमा सत्तापक्ष र प्रतिपक्ष बीच विभेद गर्न बन्द गर्न नहुने, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालनको निर्णय फिर्ता गर्नुपर्ने, विद्युतीय बस खरिद प्रकृया रोक्नुपर्ने र सुरङ्ग मार्ग निर्माणको योजना बन्द गर्नुपर्ने माग गर्दै प्रदेशसभामा विपक्षी दलहरुले लगातार अवरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप