सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ

बिहीबार, २४ असार २०७८, १५ : ४२
बिहीबार, २४ असार २०७८

दाङमा प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेका छन् ।   स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शिकार खेल्न पुगको गोप्य सूचनाका आधारमा तुल्सीपुर  इलाका प्रहरी कार्यालय र गोल्टाकुटी प्रहरी चौकीको संयुक्त टोलीले पुन मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप