झापामा करेन्ट लागेर एक युवकको मृत्यु
शुक्रबार, २५ असार २०७८, २३ : २०
झापाको अर्जुनधारा नगरपालिका ६ पूर्वेली टोलमा करेन्ट लागेर सन्दकपुर गाउँपालिका २ इलामका आयुष राईको मृत्यु भएको छ । स्थानीय अमृतकुमार गुरुङको घरको छत ढलान गरेर भाइब्रेटरको तार खुस्काउँदा राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घाइते राईलाई उपचारार्थ बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र पुर्याउने बित्तिकै डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । ३८ वर्षीय राई हाल बिर्तामोड १ मा बस्दै आएका थिए ।