आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभा बैठक स्थगित

शनिबार, २६ असार २०७८, १३ : १३
शनिबार, २६ असार २०७८

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । 

सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप