कैलालीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु
शनिबार, २६ असार २०७८, १४ : ०८
कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।