सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा अफिमसहित २ युवक पक्राउ

आइतबार, २७ असार २०७८, १६ : २१
आइतबार, २७ असार २०७८

रौतहट प्रहरीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट खटिएको संयुक्त टोलीले राजदेवी नगरपालिका ३ चण्डिया गाउँबाट अफिमसहित २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मकवानपुर गढी २ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैयाका सुकलाल वाइबा रहेका छन् । उनीहरुबाट बा ६० प.५३५ नम्बरको मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुसँग १ किलो कालो पदार्थ लागुऔषध अफिमको चोप फेला परेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताए । उनीहरुलाई जिल्ला अदालत गौरबाट  ५ दिनको म्याद लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप