सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ

आइतबार, २७ असार २०७८, १८ : २४
आइतबार, २७ असार २०७८

काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतो छन् ।

महानगरीय प्रहरी कार्यालय र वृत बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

असार २३ मा पेस्तोल बेच्न हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप