आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलासँगै देउवा निवासमा खुसीयाली

सोमबार, २८ असार २०७८, १५ : ०१
सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै बूढानीलकण्ठमा खुसीयाली मनाइएको छ ।  देउवा निवासमा भेला भएका नेता कार्यकर्ताले देउवालाई बधाई दिँदै उनलाई फूलमाला लगाइदिएका छन् । 

देउवा बूढानीलकण्ठमा नेता कार्यकर्तासँग हँसमुख मुद्रामा देखिन्थे भने उनले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।  देउवा निवासमा अदालतको फैसलासँगै चहलपहल बनेको छ ।  अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउँदै प्रतिनिधिसभा विघटन बदर पनि गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप