सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन सहित इटहरीबाट एकजना पक्राउ

सोमबार, २८ असार २०७८, १७ : ३४
सोमबार, २८ असार २०७८

सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–४ बाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । तेह्रथुम घर भएका ३४ वर्षीय दुर्गाबहादुर रसाईलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

आइतबार साँझ पक्राउ परेका रसाईलीको साथबाट प्रहरीले ५३ दशमलव २ ग्राम खैरे हेरोइन, डिजिटल तराजु र ९८ हजार नगद बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले रसाईलीलाई पक्रेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप