बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मंगलबारदेखि भेरोसेल र अमेरिकाले दिएको खोप लगाइने

क–कसले पाउँछन् यी खोप, यस्तो छ लक्षित समूह
सोमबार, २८ असार २०७८, २० : ०१
सोमबार, २८ असार २०७८

स्वास्थ्य सेवा विभागले मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको हो । 

विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिक आदिले पाउने छन् । त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउनेछन् । 

त्यसै गरी अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जानसेन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ । त्यसै गरी यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् । 

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो । ​जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्नेछ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप