मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा २ लाख निजामति कर्मचारीसहित झन्डै ४ लाखले भोट हाल्न नपाउने

मङ्गलबार, ०७ कात्तिक २०७४, १८ : १६
मङ्गलबार, ०७ कात्तिक २०७४

काठमाडौं– आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख कर्मचारी र झन्डै २ लाख हाराहारीका सुरक्षाकर्मी मतदान गर्नबाट बञ्चित हुने भएका छन् ।

निर्वाचन आयोगकाअनुसार निर्वाचन ब्यवस्थापन कार्यमा खटिने झन्डै २ लाख सरकारी कर्मचारीले मतदान गर्न पाउने छैनन् । अघिल्ला निर्वाचनहरुमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि छुट्टै मतदाता नामावली बनाएर भोट दिन पाइने ब्यवस्था भएपनि आगामी निर्वाचनका लागि त्यस्तो कुनै ब्यवस्था नभएको आयोगले जनाएको छ ।  

आयोगका प्रवक्ता नवराज ढकालले भने– ‘अधिकांश कर्मचारीको घरपायक मतदान केन्द्रका जिम्मेवारी पर्दैन, पहिलो चरणको चुनावमा एक ठाउँमा खटिएका कर्मचारी दोश्रो चरणको चुनावमा अर्को ठाउँमा खटिइनुपर्ने पनि हुनसक्छ, कर्मचारीहरुले समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नेतर्फ आयोगले उपयुक्त समयमा आवश्यक निर्णय लिन्छ ।’


यस्तै, निर्वाचनमा खटिने सुरक्षाकर्मी पनि मतदान गर्नबाट बञ्चित हुने भएका छन् । गृहमन्त्रालयकाअनुसार निर्वाचनका लागि खटिने झन्डै ९८ हाराहारीका म्यादी प्रहरी तथा झन्डै १ लाख बढि सुरक्षाकर्मीले भोट हाल्न पाउने छैनन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप