सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसला सकारात्मक : नेकपा (क्रान्तिकारी माओवादी)

मङ्गलबार, २९ असार २०७८, १५ : ०१
मङ्गलबार, २९ असार २०७८

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको  बताएको छ । यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका संकटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन नसक्ने बताएको छ ।

पार्टी प्रवक्ता प्रतिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन सक्दैन । यहाँ प्रश्न कुनै व्यक्ति विशेषका गल्ती कमजोरी वा दोषको मात्र होइन, अपितु समग्र सत्ता र व्यवस्था कै हो ।’

सो पार्टीले वर्तमान राजनीतिक सङ्कट समस्याहरूको समाधानका लागि वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि संयुक्त सङ्घर्ष अपरिहार्य रहेको ठहर समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप