आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवाको शपथ ओलीद्वारा बहिष्कार

मङ्गलबार, २९ असार २०७८, २१ : ०७
मङ्गलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् । 

ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो ।

शपथ ग्रहण समारोहमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी भएका थिए । नेपालकै निर्णायक भूमिकाले देउवा प्रधानमन्त्री बनेका हुन् ।  शपथ पछि नेपालले देउवालाई शीतल निवासमा बधाई दिएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप