दाङमा रेडपाण्डाको छालासहित २ जना पक्राउ
बुधबार, ३० असार २०७८, १५ : २३
दाङमा प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा)को छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ८ निवासी ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ हाल जुनीचाँदी गाउँपालिका ७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ पिस र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।