सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट असईको मृत्यु

बिहीबार, ३१ असार २०७८, १३ : ४४
बिहीबार, ३१ असार २०७८

रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।  पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो । 

प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

यसैबीच गौर चन्द्रपुर सडक खण्डको वीरेन्द्र राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् । बुधबार गौर आउँदै गरेको ना.५९ प १९९५ र बिपरित दिशाबाट जाँदै गरेको ना ४९ प ६४१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका हुन् । घाइते हुनेमा गरुडा नगरपालिका ४ बस्ने २४ वर्षीय शशिकान्त कुमार साह, पिपरा भलोहिया बस्ने २४ वर्षीय राजेश कुमार बैठा , २५ वर्षीय अजयकुमार सिंह र २४ वर्षीय राहुलकुमार साह रहेका छन् ।

यसैबीच दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका शशिकान्तलाई नेसनल मेडिकल कलेज वीरगञ्जबाट आज थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप