आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवालाई गठबन्धनको सुझाव : केपी ओलीजीले गरेको गल्ती नदोहोरियोस्

बिहीबार, ३१ असार २०७८, २३ : ५७
बिहीबार, ३१ असार २०७८

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एमालेका नेता विजय पौडेल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने, ‘जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस् भन्ने हामी सबैको सुझाव रह्यो । ओलीजीको भन्दा राम्रो गर्नुहोला भन्यौं ।’

उनका अनुसार जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताए । अध्यक्ष यादवले भोलिबाट मन्त्रिपरिषद विस्तारबारे तयारी थालिने बताए ।

यादवले आजको मन्त्रालयको भागबण्डा लगाउने कुरा छलफलको विषय नरहेको बताए ।  उनले भने ‘मन्त्रीको भागबण्डाको विषयमा आज छलफल भएन । एक दुई दिनपछि बसेर टुंगो लगाउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप