बजेट अध्यादेशबाट ल्याउन प्रदेश प्रमुख समक्ष सिफारिस
बिहीबार, ३१ असार २०७८, २० : ४५
कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो ।
प्रदेश सरकारले गत असार १ गते नै आर्थिक बर्ष २०७८/७९ का लागि बजेट पेस गरेपनि बजेट माथि छलफल हुन सकेन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि सरकारले गएराती बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटोबाट बजेट पारित गर्न लागेको हो ।