बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, ०८ कात्तिक २०७४, ०९ : १८
बुधबार, ०८ कात्तिक २०७४

आजको राशिफल

वि.स. २०७४ साल कात्तिक ८ गते। बुधबार। इश्वी सन् २०१७ अक्टोबर २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ७:११ बजेउप्रान्त षष्ठी। नक्षत्र– मूल, १९:३० बजेउप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, १७:३७ बजेउप्रान्त सुकर्मा। करण– वालव, ७:११ बजेदेखि कौलव, २०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग। 

चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २८ घडी ०३ पला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुँनाले व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि प्रशस्त आम्दानि गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुँनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपाईको प्रभाव बढ्ने हुँनाले समयमा कामहरु बन्नेछन् । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट प्रशस्त आम्दानि गर्न सकिनेछ भने शेयर बजारमा लगानि गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदिबहिनिको सहयोगमा नयाँ काममो थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढि समय दिनसक्दा सबैसाथिहरु भन्दा तपाईनै अग्र स्थानमा आउँनु हुँनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोलि बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुँने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुँनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुँनाले स्कुल कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रत तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुँनेछ । समयमा काम बन्ने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुँनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

(नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप